Thursday, May 23, 2024

-->

इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर युनाइटेडलाई हराउँदै शीर्ष स्थानमा उक्लियो आर्सनल

आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडमाथि १–० गोल अन्तरले जित हात पार्दै आर्सनल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।

इंग्लिस प्रिमियर लिग म्यानचेस्टर युनाइटेडलाई  हराउँदै शीर्ष स्थानमा उक्लियो आर्सनल

काठमाडाैँ– इंग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा आर्सनल पुनः शीर्ष स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडमाथि १–० गोल अन्तरले जित हात पार्दै तालिकामा ३ अंक थपेपछि शीर्ष स्थानमा उक्लिएको हो।

युनाइटेडको मैदान वल्ड ट्राफोर्डमा पाहुना टोली आर्सनललाई जिताउन लियान्द्रो ट्रोसार्डले गोल गरेका थिए। खेलको २० औँ मिनेटमा काई हार्भेर्ट्जको सहयोगमा उनले गोल गरेका थिए। जितसहित आर्सनलले ३७ खेलबाट ८६ अंक बनाएको छ। दोस्रो स्थानमा रहको म्यानचेस्टर सिटीले ३६ खेलबाट ८५ अंक बनाएको छ।

अब प्रिमियर लिगको उपाधि छिनोफानो अन्तिम खेलबाट हुने भएको छ। सिटीले २ खेल खेल्न बाँकी रहँदा आर्सनलको एउटा खेल बाँकी छ। आर्सलले एभर्टनसँग खेल्न बाँकी रहँदा सिटीले टोटनह्याम र वेस्टह्यामसँग खेल्ने छ। 


सम्बन्धित सामग्री