Wednesday, May 01, 2024

-->

देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

दिउँसो कोशी, बागमती, गण्डकी र कर्णालीमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ।

देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ– नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा साधारणतया बदली रहेको छ।  

दिउँसो, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

कोशी, बागमती, गण्डकी र कर्णालीमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा हावाहुरीसमेत चल्ने महाशाखाले जनाएको छ। 

यसैगरी, राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, गण्डकी र कर्णालीमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। कोशी, गण्डकी र कर्णालीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुनेछ। 


सम्बन्धित सामग्री