Tuesday, May 21, 2024

-->

च्याम्पियन्स लिग: सेमिफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल मड्रिडको बराबरी

बार्यनको घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा दुवै टोलीले २–२ को बराबरी खेलेका छन्।

च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल मड्रिडको बराबरी

काठमाडौँ– युरोपेली च्याम्पियन्स लिगअन्तर्गत पहिलो सेमीफाइनलको पहिलो लेगमा रियल मड्रिड र बायर्न म्युनिखले बराबरी खेलेका छन्। 

बुधबार बिहान बार्यनको घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा दुवै टोलीले २–२ को बराबरी खेलेका हुन्। 

खेलको २४औँ मिनेटमा रियलले भिनिसियस जुनियरको गोलबाट खेलमा अग्रता लिएको थियो। दोस्रो हाफको शुरूआतमा नै बायर्नले खेल बराबरी गर्‍यो। ५३औँ मिनेटमा लिरोए सानेले गोल गर्दै टोलीलाई खेलमा फर्काए।

त्यसको चार मिनेटपछि बायर्नले अग्रता लियो। लुकास भास्केजले जमाल मुसीयालामाथि फाउल गरेपछि पाएको पेनाल्टीमा ह्यारी केनले गोल गरे।  

८३औँ मिनेटमा रियलले पेनाल्टीमार्फत नै गोल फर्कायो। किम मिन–जेले रोड्रीगोमाथि फाउल गरेपछि पाएको पेनाल्टीमा भिनिसियसले गोल गर्दै खेल बराबरी गरे।

दोस्रो लेग रियलको घरेलु मैदान सान्टियागो बर्नाबेऊमा हुनेछ।


सम्बन्धित सामग्री