Tuesday, May 21, 2024

-->

प्रतिलिटर २ रुपैयाँले घट्यो डिजेल र मट्टितेलको मूल्य

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य बढाएको छ

प्रतिलिटर २ रुपैयाँले घट्यो डिजेल र मट्टितेलको मूल्य

काठमाडौँ– नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमले बुधबारदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले घटाएको हो।

निगमले हवाई इन्धनको मूल्य भने बढाएको छ। निगमले आन्तरिकतर्फ हवाई इन्धनमा प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ हवाई इन्धन सात डलर प्रतिकिलो लिटरका दरले वृद्धि गरेको हो। निगमले पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ।

मूल्य घटेसँगै काठमाडौँ उपत्यकाभित्र डिजेल र मट्टितेलको मूल्य १५९ रुपैयाँ प्रतिलिटर कायम भएको छ। यसअघि १६१ रुपैयाँ प्रतिलिटरमा डिजेल तथा मट्टितेल बिक्री भइरहेको थियो। आन्तरिक हवाई इन्धन १३६ रुपैयाँ र बाह्य हवाई इन्धन १.०३५ डलर प्रतिलिटर पुगेको निगमले जनाएको छ।

निगमका अनुसार मंगलबार दिउँसो इन्डियन आयल कर्पोरेसनले पठाएको मूल्यसूचीमा पेट्रोल ०.०२ रुपैयाँ र डिजेल २.४५ रुपैयाँ प्रतिलिटर घटेर आएका थियो। हवाई इन्धनको मूल्य भने प्रतिलिटर १.१८ रुपैयाँ प्रतिलिटर बढेर आएको थियो। भारतबाट नयाँ मूल्यसूची प्राप्तिपछि मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलिम पदार्थको मूल्य समायोजन गर्ने निर्णय गरेको हो।

निगमले इन्डियन आयल कर्पोरेसनले पठाएको मूल्यसूचीका आधारमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने गर्दछ। इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा नयाँ मूल्यसूची पठाउने गर्दछ।


सम्बन्धित सामग्री