Wednesday, May 22, 2024

-->

यस्तो रहनेछ बुधबारको मौसम

पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।

यस्तो रहनेछ बुधबारको मौसम

काठमाडौँ– नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

जसका कारण कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो, पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ। कोशी, मधेस र लुम्बिनीका केही स्थानमा हावाहुरीसमेत चल्नेछ। 

यसैगरी, राति कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी, कर्णाली र  सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुनेछ। 

कोशी, लुम्बिनी र सुदूरपश्चिममा राति पनि हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ। 


सम्बन्धित सामग्री