Wednesday, May 08, 2024

-->

ललिता निवास प्रकरणमा २९० जनाविरुद्ध किर्ते मुद्दा दर्ता

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले संगठित अपराध र किर्तेमा ५७ दिन अनुसन्धान गरेर जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

ललिता निवास प्रकरणमा २९० जनाविरुद्ध किर्ते मुद्दा दर्ता

काठमाडौँ– बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले २९० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ।

जिल्ला न्यायाधिवक्ता दिनेश भट्टराईले आइतबार बिहान काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको जानकारी दिए। जिल्ला सरकारी वकिलको कार्यालयले २९० जनालाई प्रतिवादी बनाएर किर्ते मुद्दा दायर गरेको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले संगठित अपराध र किर्तेमा ५७ दिन अनुसन्धान गरेर जिल्ला सरकारी वकिलको कार्यालयले अनुसन्धान प्रतिवेदन बुझाएको थियो।


सम्बन्धित सामग्री