Wednesday, May 08, 2024

-->

नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना, १९ यात्रु घाइते

४० यात्रु सवार बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेर रुखमा अड्किएको छ। घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजमा, आठ जनाको भरतपुर अस्पतालमा र एक जनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना १९ यात्रु घाइते

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन्।

भरतपुर महानगरपालिका–२९ दासढुंगामा बागमती प्रदेश०१–००६ख ५२३७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो।

काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बस शुक्रबार बिहान ५ः२० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए।

बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेर रुखमा अड्किएको छ। बसमा ४० यात्रु सवार थिए।

घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजमा, आठ जनाको भरतपुर अस्पतालमा र एक जनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। 


 


सम्बन्धित सामग्री