Saturday, May 04, 2024

-->

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक पास गर्ने कार्यसूची

बिहान १० बजे बस्ने बैठकको शुरूमा मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

राष्ट्रियसभा बैठक बस्दै विनियोजन विधेयक पास गर्ने कार्यसूची
फाइल तस्वीर

काठमाडौँ– बुधबार स्थगित भएको राष्ट्रियसभा बैठक आज बस्दैछ।

बिहान १० बजे बस्ने बैठकको शुरूमा मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने संसद् सचिवालयले जनाएको छ।

मन्त्रीले जवाफ दिइसकेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि प्राप्त खर्च कटौतीका प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।

त्यसपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘विनियोजन विधेयक, २०८०’ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

प्रतिनिधिसभाले भने विनियोजन विधेयक बजेट पारित गरिसकेको छ। 


सम्बन्धित सामग्री