Monday, April 29, 2024

-->

शहीदनगर नगरपालिकाका इन्जिनियर घुसको रकमसहित पक्राउ

आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले घुस लिँदालिँदै इन्जिनियर चौधरीसहित दुई जनालाई पक्राउ गरेको छ।

शहीदनगर नगरपालिकाका इन्जिनियर घुसको रकमसहित पक्राउ

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको शहीदनगर नगरपालिकामा कार्यरत इन्जिनियर रमेशकुमार चौधरीसहित दुई जनालाई पक्राउ गरेको छ। आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले आइतबार घुस लिँदालिँदै इन्जिनियर चौधरी र उनका साथी गुरुदेव यादवलाई पक्राउ गरेको हो।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिइसकेको र एक लाख ७५ हजार रुपैयाँको चेक लिइरहेको अवस्थामा उनीहरूलाई शहीदनगर नगरपालिका– ३ स्थित पशु सेवा केन्द्रको भवनबाट पक्राउ गरिएको हो।

वाल निर्माण कार्य सम्पन्नपश्चात् सो कार्यको भुक्तानी दिने क्रममा उनले सेवाग्राहीसँग घुस मागेको भन्दै अख्तियारमा उजुरी परेको थियो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको आयोगको भनाइ छ।


सम्बन्धित सामग्री