Saturday, May 04, 2024

-->

राष्ट्रियसभा बैठक स्थगित, बिहीबार बिहान ११ बजे बस्ने

बिहान ११ बजे बस्ने गरी तोकिएको बैठक विशेष कारणवश बिहीबारसम्मका लागि स्थगित भएको संघीय संसद् सचिवालयले जनाएको छ।

राष्ट्रियसभा बैठक स्थगित बिहीबार बिहान ११ बजे बस्ने

काठमाडौँ– राष्ट्रियसभाको बुधबारको बैठक स्थगित भएको छ।

बिहान ११ बजे बस्ने गरी तोकिएको बैठक विशेष कारणवश बिहीबारसम्मका लागि स्थगित भएको संघीय संसद् सचिवालयले जनाएको छ।

विशेष कारण भनिए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पत्नी सीता दाहालको निधनका कारण बैठक स्थगित भएको स्रोतले जनाएको छ।

दाहालको बुधबार बिहान निधन भएको थियो। राष्ट्रियसभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए।


 


सम्बन्धित सामग्री