Monday, April 29, 2024

-->

स्वच्छ वातावरणका लागि विद्युतीय सवारीको प्रयोग बढाऔँ: उर्जामन्त्री

देशको आर्थिक विकास, समुन्नति र स्वच्छ वातावरणको क्षेत्रमा विद्युतीकरणले‍ महत्त्वपूर्ण योगदान गरेको मन्त्री बस्नेतले बताएका छन्।

स्वच्छ वातावरणका लागि विद्युतीय सवारीको प्रयोग बढाऔँ उर्जामन्त्री

काठमाडौँ– उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीकरणका माध्यमबाट देशको आर्थिक विकास र समुन्नति सम्भव रहेको बताएका छन्। 

शनिबार नेपाल विद्युत् प्राधिकरणको ३८औँ वार्षिकोत्सवका अवसरमा कार्यक्रममा उनले विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिएका हुन्।

“देशको आर्थिक विकास, समुन्नति र स्वच्छ वातावरणको क्षेत्रमा विद्युत् प्राधिकरणले महत्त्वपूर्ण योगदान गरेको छ। स्वच्छ वातावरणको लागि विद्युतीय सवारी साधनको प्रयोगका साथै सम्पूर्ण विद्युतीय सामग्रीको प्रचारप्रसार गर्नुपर्छ।” 

प्राधिकरणले शनिबार विद्युतीय सवारीको र्‍याली आयोजना गरेको थियो। प्राधिकरणले भदौ १ गते ३८औँ वार्षिकोत्सव मनाउँदै छ। 

सो अवसरमा सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम गरिरहेको छ।


सम्बन्धित सामग्री