Friday, May 03, 2024

-->

नियम उल्लंघन गर्ने हिमालयन र कुमारी बैंकलाई राष्ट्र बैंकले तिरायो जरिबाना

राष्ट्र बैंकले नियम उल्लंघन गरेको भन्दै हिमालयन र कुमारीसहित तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ।

नियम उल्लंघन गर्ने हिमालयन र कुमारी बैंकलाई राष्ट्र बैंकले तिरायो जरिबाना

काठमाडौँ– नेपाल राष्ट्र बैंकले नियम उल्लंघन गरेका तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ। केन्द्रीय बैंकले दुई बैंकलाई जरिबाना तिराएको छ भने एउटालाई सचेत गराएको छ। 

राष्ट्र बैंक सुपरिवेक्षण विभागले २०७९ माघमा कर्जा/निक्षेप अनुपात कायम नगरेको पाइएपछि कुमारी बैंकलाई ५९ लाख ६३ हजार रुपैयाँ जरिबाना गरेको छ।

कात्तिकमा कर्जा/निक्षेप अनुपात कायम नगरेको हिमालयन बैंकलाई पनि १ करोड ३९ लाख ४७ हजार रुपैयाँ जरिबाना तिराइएको सुपरिवेक्षण विभागले जनाएको छ। राष्ट्र बैंकले कुमारी बैंकलाई पहिलो र हिमालयनलाई दोस्रो पटक कारबाही स्वरूप जरिबाना गरेको हो।

यस्तै, राष्ट्र बैंकबाट क, ख र ग वर्गका इजाजतप्राप्त संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन २०७९, बमोजिम कायम गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको र प्रिमियम दर बढाएर ब्याज असुल गरेपछि प्राइम बैंकको प्रमुख कार्यकारी अधिकृतलाई नारायणदास मानन्धरलाई राष्ट्र बैंकले सचेत गराएको छ।

 


सम्बन्धित सामग्री