Thursday, May 02, 2024

-->

मियामीले ओर्लान्डो सिटीलाई हरायो, मेस्सीको २ गोल

मेस्सीले मियामीका लागि तीन खेलमा पाँच गोल गरिसकेका छन्।

मियामीले ओर्लान्डो सिटीलाई हरायो मेस्सीको २ गोल

काठमाडौँ– लिग्स कपमा इन्टर मियामीले ओर्लान्डो सिटीलाई ३–१ गोलअन्तरले पराजित गरेको छ।

बिहीबार बिहान भएको खेलमा मियामीलाई जिताउन लिओनल मेस्सीले २ गोल गरे। 

चट्याङका कारण ढिलागरी शुरू भएको खेलमा मेस्सीले खेलको सातौँ मिनेटमा गोल गर्दै मियामीलाई अग्रता दिलाएका थिए।

१७औँ मिनेटमा ओर्लान्डोका सेजार अराउहोले गोल गर्दै खेल बराबरीमा ल्याए। ५१औँ मिनेटमा जोसेफ मार्टिनेजले पेनाल्टीबाट गोल गर्दै मियामीलाई पुनः अग्रता दिलाए।

७७औँ मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जीत सुनिश्चित गरे। मेस्सीले मियामीका लागि तीन खेलमा पाँच गोल गरिसकेका छन्।


सम्बन्धित सामग्री