Sunday, April 28, 2024

-->

क्यानडाका प्रधानमन्त्री ट्रुडोले गरे सम्बन्धविच्छेद

प्रधानमन्त्री ट्रुडोले इन्स्टाग्राम पोस्टमा ‘गहिरो माया र सम्मानको साथ नजिकको परिवार’ रहने उल्लेख गरेका छन्।

क्यानडाका प्रधानमन्त्री ट्रुडोले गरे सम्बन्धविच्छेद

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सम्बन्धविच्छेद गरेका छन्।

उनले इन्स्टाग्राममार्फत श्रीमती सोफी ग्रेगोइरसँगको १८ वर्षे वैवाहिक जीवनको अन्त्य गरेको जनाएका छन्। 

ट्रुडोले इन्स्टाग्राम पोस्टमा ‘गहिरो माया र सम्मानको साथ नजिकको परिवार’ रहने गरी अलग हुने निर्णय गरेको उल्लेख गरेका छन्। उनीहरूले सन् २००५ मा मोन्ट्रियलमा विवाह गरेका थिए।

बीबीसीका अनुसार छुट्टिने सम्झौतामा हस्ताक्षर गरे पनि उनीहरू अझै सार्वजनिक रूपमा देखा पर्नेछन्। ट्रुडोले भनेका छन्, “धेरै अर्थपूर्ण र कठिन कुराकानीपछि हामीले छुट्टिने निर्णय गरेका छौँ। तर, हामी सधैँ जस्तै परिवार नै रहनेछौँ। एकअर्काको माया र सम्मानका लागि जे गरेका छौँ, गरिरहनेछौँ।”  

प्रधानमन्त्री ट्रुडोले क्यानाडाली जनतालाई आफ्ना छोराछोरीको बालबालिकाको भलाइका लागि यस मामिलाको गोपनीयतालाई सम्मान गर्न अपिल गरेको बीबीसीले जनाएको छ। दम्पतीका तीन सन्तान छन्।

हालैका वर्षमा उनीहरू सार्वजनिक रूपमा कम देखिएका थिए। ट्रुडोसँग विवाह गर्नुभन्दा पहिले सोफी टेलिभिजन प्रस्तोताका रूपमा चर्चित थिइन्। उनी मानसिक स्वास्थ्यसम्बन्धी सामाजिक कार्यमासमेत संलग्न थिइन्।

इन्स्टाग्राम पोस्ट बाहेक पीएमओले पनि यो जोडीले सम्बन्ध विच्छेदको कागजमा हस्ताक्षर गरेको पुष्टि गरेको छ। 


सम्बन्धित सामग्री