Sunday, April 28, 2024

-->

ग्लोबल टी२० लिग: सन्दीप आबद्ध सर्रे ६ विकेटले विजयी

यो खेलमा सन्दीप विकेटविहीन बने। उनले ३ ओभर बलिङ गर्दै २५ रन दिएका थिए।

ग्लोबल टी२० लिग सन्दीप आबद्ध सर्रे ६ विकेटले विजयी

काठमाडौँ– ग्लोबल टी२० क्यानडामा सन्दीप लामिछाने आबद्ध सर्रे जगुवार्स विजयी भएको छ।

गएराति सम्पन्न खेलमा सर्रेले ब्राम्पटन वुल्भ्स्‌विरुद्ध ६ विकेटको जित हात पारेको हो।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको ब्राम्पटनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२८ रन बनाएको थियो।

ब्राम्पटनका कोलिन डी ग्रान्डहोमले सर्वाधिक ३४ रन बनाए। उनले ३४ बरलमा ३ चौका प्रहार गरेका थिए। यस्तै, आरोन जोनसन, मार्क च्यापमान र नितिश कुमारले समान १४/१४ रन बनाए। 

सर्रेका अमर खलिद, म्याथ्यु फोड र आयान खानले समान २/२ विकेट लिए। इफ्तिखर अहमेद र जोनसनका नाममा १/१ विकेट रह्यो। ३ ओभर बलिङ गर्दै २५ रन दिएका सन्दीपले भने विकेट लिन सकेनन्। 

१२९ रनको विजयी पछ्याएको सर्रेले १८.१ ओभरमा ४ विकेट गुमाएर १३२ रन बनाएको थियो। उसका लिटन दासले ५९ रनको अर्धशतकीय इनिङ्स खेले।

कप्तान इफ्तिकर अहमेद ३८ रनमा अविजित रहे। जितसँगै सर्रे ८ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ।


सम्बन्धित सामग्री