Sunday, April 28, 2024

-->

राष्ट्रपति पौडेलले गरे मिटरब्याजसम्बन्धी विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न सरकारले ल्याएको विधेयकलाई प्रमाणीकरण गरेका छन्।

राष्ट्रपति पौडेलले गरे मिटरब्याजसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न सरकारले ल्याएको विधेयकलाई प्रमाणीकरण गरेका छन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० लाई प्रमाणीकरण गरेका हुन्।

राष्ट्रपति पौडेलले शुक्रबार उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको हुन्।

राष्ट्रियसभामा उत्पत्ति भएको उक्त विधेयक प्रमाणीकरण भई ऐनको रूप लिएसँगै मिटरब्याजबाट पीडित भएकाहरूले न्याय पाउने प्रक्रिया सहज हुने अपेक्षा गरिएको छ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले अनुचित लेनदेनलाई कानूनको दायरामा ल्याउन उक्त विधेयक अत्यावश्यकता रहेको राष्ट्रिय र प्रतिनिधिसभामा जवाफ दिने क्रममा स्पष्ट पार्दै आएका थिए।


सम्बन्धित सामग्री