Sunday, April 28, 2024

-->

राष्ट्रपति पौडेलद्वारा ९१ वर्षीया भाउजूबाट टीका ग्रहण

राष्ट्रपति पौडेलले विशिष्ट व्यक्तित्वलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म र सर्वसाधारणलाई ३ बजेदेखि ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ।

राष्ट्रपति पौडेलद्वारा ९१ वर्षीया भाउजूबाट टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट दशैँको टीका, जमरा, प्रसाद र आशीर्वाद  ग्रहण गरेका छन्। साथै गुरु पुरोहितबाट पनि दशैँको दीका, जमरा, प्रसाद गरे। 

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा राष्ट्रपति पौडेलले दशैँको शुभसाइत ११:२ मा टीका प्रसाद ग्रहण गरेका हुन्। आफू टीका ग्रहण गरेपछि उहाँले परिवारका सदस्यलाई टीका लगाइदिएका छन्। 

विजया दशमीका अवसरमा आज राष्ट्रपति पौडेलले विशिष्ट व्यक्तित्वलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म र सर्वसाधारणका लागि ३ बजेदेखि ५ बजेसम्म टीका प्रसाद प्रदान गर्ने कार्यक्रम छ।

राष्ट्रपति कार्यालयका अनुसार सम्माननीयहरू, उपप्रधानमन्त्रीहरू, मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका प्रमुख एवं विशिष्ट व्यक्तित्वलाई २ बजेदेखि ३ बजेसम्म  टीका प्रसाद ग्रहण गर्ने र सर्वसाधारणका लागि ३ देखि ५ बजेसम्म टीका प्रसाद गर्ने कार्यक्रम तय गरिएको छ। 

अतिविशिष्ट, विशिष्ट तथा सर्वसाधारणका लागि टीका प्रसाद ग्रहण गर्न आउँदा मर्यादित पोषकमा १ नम्बर प्रवेशद्वारबाट आउन भनिएको छ।


सम्बन्धित सामग्री