Saturday, April 27, 2024

-->

९२ दिनमा १४ वटा हिमाल चढेर तेन्जेन र क्रिस्टिनको विश्व कीर्तिमान

यो कीर्तिमान यसअघि निर्मल पुर्जाको नाममा थियो। उनले छ महिना छ दिनमा कीर्तिमान बनाएका थिए।

९२ दिनमा १४ वटा हिमाल चढेर तेन्जेन र क्रिस्टिनको विश्व कीर्तिमान 
तस्वीर: सेभेन समिट ट्रेक्स

काठमाडौँ– संखुवासभाका तेन्जेन शेर्पा र नर्वेजियन महिला पर्वतारोही क्रिस्टिन हरिलाले आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल सबैभन्दा छिटो आरोहण गर्ने कीर्तिमान बनाएका छन्।

उनीहरूले ९२ दिनमा १४ वटा हिमाल चढेर विश्व कीर्तिमान बनाएका हुन्। समिट ट्रेक्सबाट गएका दुवैजना बिहीबार बिहान १०:४५ बजे विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटुको चुचुरोमा पुगेका थिए।

यो कीर्तिमान यसअघि निर्मल पुर्जाका नाममा थियो। उनले छ महिना छ दिनमा १४ वटा हिमाल चढेर उक्त कीर्तिमान बनाएका थिए।

तेन्जेन र क्रिस्टिनासहित सेभेन समिटबाट गएका २३ जनाले केटुको सफल आरोहण गरेको उक्त कम्पनीका प्रबन्धक थानेश्वर गुरागाईंले जानकारी दिए। 


सम्बन्धित सामग्री