Monday, April 29, 2024

-->

बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज होटेलमा मृत भेटिए

वरिष्ठ सई उज्ज्वल पौडेल सोमबार राति ११:३० बजेतिर कार्यालय छेउको होटेलमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन्।

बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज होटेलमा मृत भेटिए
फाइल तस्वीर

काठमाडौँ– बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) उज्ज्वल पौडेल मृत फेला परेका छन्। 

कार्यालय छेउको होटेलको तल्लो तलामा पासो लगाएको अवस्थामा सोमबार राति ११:३० बजेतिर पौडेल मृत फेला परेको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए। 

“पासो लगाएर झुन्डिएको अवस्थामा मृत भेटिएको भन्ने खबर आएको छ,” उनले भने, “घटना शंकास्पद छ, थप अनुसन्धान भइरहेको छ।” 

बागलुङका एसपी योगेन्द्र खड्का नेतृत्वको टोली घटनास्थलतर्फ गएको बरालले बताए।


सम्बन्धित सामग्री