Tuesday, April 30, 2024

-->

पसल थापेर बसेका कम्युनिस्ट एकताबद्ध हुनुपर्छ: माधव नेपाल

कम्युनिस्टहरूलाई जति मिलाउन सक्यो त्यत्ति धेरै शक्ति आर्जन गर्न सकिने अध्यक्ष नेपालको भनाइ छ।

पसल थापेर बसेका कम्युनिस्ट एकताबद्ध हुनुपर्छ माधव नेपाल

काठमाडौँ– एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीहरू एकताबद्ध हुनुपर्ने बताएका छन्। 

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवसका आसवरमा आइतबार कीर्तिपुरमा आयोजित कार्यक्रममा उनले पसल थापेर बसेका सबै कम्युनिस्टहरू एक ठाउँमा आउनुपर्ने धारणा राखेका हुन्। 

“सबै कम्युनिस्ट पार्टी आ–आफ्ना पसल थापेर बसेका छन्। त्यसका बाबजुद पनि हामीले हरेक खानु हुँदैन,” उनले भने, “जो जति मिल्न सक्छन् मिल्दै जाने हो। सहकार्य गर्दै जाने हो।”

कम्युनिस्टहरूलाई जति मिलाउन सक्यो त्यत्ति धेरै शक्ति आर्जन गर्न सकिने अध्यक्ष नेपालको भनाइ थियो। “जति शक्तिलाई मिलाउन सकियो, त्यत्ति हामी बढी शक्ति आर्जन गर्न सक्छौँ,” उनले भने, “जति हामी विभाजित बन्छौँ त्यत्ति धरै नोक्सान हुन्छ।” 

सोही कार्यक्रममा पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले समाजवादी मोर्चा बनाउनु राम्रो भए पनि एक/दुई वटा पार्टी मात्रै मिलेर समाजवादको यात्रा पूरा नहुने बताए। 

नेपालको संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाज, समृद्ध समाजवादको निर्माण कम्युनिस्ट मोर्चा मिलेर मात्रै सम्भव रहेको उनको भनाइ छ।


सम्बन्धित सामग्री