Monday, April 29, 2024

-->

नेपाली क्रिकेट टिमले श्रीलंकामा विशेष तयारी गर्ने

अहिले श्रीलंका नै रहेको नेपाली टिम उक्त क्याम्प सकिएपछि मात्र नेपाल फर्कनेछ। एशिया कप क्रिकेट आगामी अगस्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ।

नेपाली क्रिकेट टिमले श्रीलंकामा विशेष तयारी गर्ने 

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टिमले एशिया कपको तयारीस्वरुप श्रीलंकामा विशेष तयारी गर्ने भएको छ।

श्रीलंकामा १५ दिनको ‘स्पेशल हाई परफरमेन्स क्याम्प’ आयोजना गरिएको नेपाल क्रिकेट संघले जनाएको छ। नेपाल पहिलो पटक एशिया कप लेख्न लागेको हो।

क्यानले भनेको छ, “नेपाली राष्ट्रिय क्रिकेट टोली एशिया कपका लागि तयार छ, र उनीहरू उत्कृष्ट फर्ममा छन् भनी सुनिश्चित गर्न हामीले श्रीलंकामा १५ दिने विशेष उच्च प्रदर्शन शिविर आयोजना गरेका छौँ।”

उक्त १५ दिनको क्याम्पमा नेपाली खेलाडीले अनुभवी प्रशिक्षकसँग कडा प्रशिक्षण लिने क्यानले जनाएको छ। “क्याम्पका क्रममा हाम्रा खेलाडीले अनुभवी प्रशिक्षक र सहयोगी स्टाफको मार्गदर्शनमा श्रीलंकनडेभलपमेन्ट टिमसँग चार अभ्यास खेल खेल्ने र कडा प्रशिक्षण लिनेछन्,” क्यानले भनेको छ।

अहिले श्रीलंका नै रहेको नेपाली टिम उक्त क्याम्प सकिएपछि मात्र नेपाल फर्कनेछ। एशिया कप क्रिकेट आगामी अगस्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ।


सम्बन्धित सामग्री