Monday, April 29, 2024

-->

रोल्पामा घटेन असारे विकास, ५६ करोड बजेट फ्रिज

रोल्पामा संघबाट प्रप्त ५७ करोड ७४ लाख ८७ हजार र प्रदेशबाट प्राप्त एक अर्ब दुई करोड १६ लाख ८३ हजार रुपैयाँ विकास बजेट खर्च भएको छ।

रोल्पामा घटेन असारे विकास ५६ करोड बजेट फ्रिज

रोल्पा– जिल्लामा संघ र प्रदेशबाट प्राप्त पुँजीगत बजेटको ठूलो हिस्सा फ्रिज भएको छ। कुल विकास बजेटमध्ये ५६ करोड १५ लाख ९० हजार रुपैयाँ खर्च हुन नसकेर फिर्ता गएको हो।

आर्थिक वर्ष २०७९/८० मा संघ सरकारबाट ८३ करोड २३ लाख ४३ हजार र प्रदेशबाट एक अर्ब ३२ करोड ८४ लाख १८ हजार विकास बजेट प्राप्त भएको थियो। त्यसमध्ये २६ प्रतिशत फिर्ता भएको कोस तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार संघका योजनामा ५७ करोड ७४ लाख ८७ हजार र प्रदेशका योजनामा एक अर्ब दुई करोड १६ लाख ८३ हजार रुपैयाँ विकास बजेट खर्च भएको छ। यस्तै, चालुतर्फ भने संघबाट पाँच अर्ब ८३ करोड २६ लाख र प्रदेशबाट ७९ करोड ७३ लाख ४५ हजार रुपैयाँ प्राप्त भएको थियो।

यसमध्ये संघको पाँच अर्ब ४० करोड २२ लाख र प्रदेशको ६२ करोड ७४ लाखसहित छ अर्ब दुई करोड ९६ लाख रुपैयाँ खर्च भएको कार्यालयका सूचना अधिकारी हेमन्तराज आचार्यले जानकारी दिए। 


सम्बन्धित सामग्री