Monday, April 29, 2024

-->

दोहरो नागरिकता लिएको अभियोगमा २ जना पक्राउ

पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–५ का ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द छन्।

दोहरो नागरिकता लिएको अभियोगमा २ जना पक्राउ

कञ्चनपुर– दोहरो नागरिकता लिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–५ का ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीका अनुसार दुवै जनाविरुद्ध  दोहोरो नागरिकतासम्बन्धी जाहेरी दर्ता भएपछि पक्राउ गरिएको हो।

कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरी उनीहरूमाथि अनुसन्धान अघि बढाइएको छ। 


सम्बन्धित सामग्री