Sunday, May 12, 2024

-->

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप सात दिन हिरासतमा राख्न अदालतकाे अनुमति

ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकाहरूलाई अदालतले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपेको ब्युरोका एसएसपी दिनेश आचार्यले जानकारी दिए।

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप सात दिन हिरासतमा राख्न अदालतकाे अनुमति

काठमाडौँ– ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकाहरूलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले म्याद थप गरेको छ। 

असार १२ गते पक्राउ गरेपछि पहिलो पटक प्रहरीले अनुसन्धानका लागि सात दिनको म्याद दिएको थियो। मंगलबार उक्त सात दिनको म्याद सकिएपछि थप म्याद थपका लागि सीआईबीले अदालत लगेको थियो। 

अदालतले उनीहरूलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपेको ब्युरोका एसएसपी दिनेश आचार्यले जानकारी दिए। यो प्रकरणको अनुसन्धानका क्रममा अहिले नौ जना हिरासतमा रहेका छन्। 

समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल, नकक्ली मोही देवनारायण महर्जन, काठमाडौँ महानगरपालिका–५ का तत्कालीन वडासचिव शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन हिरासतमा रहेका छन्।

त्यस्तै, तत्कालीन नापी कार्यालय सर्भे कर्मचारी घमानकुमार कार्की, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाट्भटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्की हिरासतमा रहेका छन्।


सम्बन्धित सामग्री