Sunday, April 28, 2024

-->

प्रतिनिधिसभा बैठक बस्दै, बजेट पारितका लागि प्रस्ताव पेस हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विनियोजन विधेयक, २०८० माथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेकाे छ।

प्रतिनिधिसभा बैठक बस्दै बजेट पारितका लागि प्रस्ताव पेस हुने

काठमाडौँ– सरकारले बजेट पारितका लागि बुधबार संसद्‌मा प्रस्ताव पेस गर्दै छ।

बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘विनियोजन विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ।

मन्त्रालयगत छलफल पनि सकिएपछि सरकारले आज बजेट पारितका लागि प्रस्ताव पेस गर्न लागेको हो। त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विनियोजन विधेयक, २०८० माथि उठेका प्रश्नको जवाफ दिँदै छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथिको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

त्यस्तै, सांसदहरूले विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव संसद्‌मा प्रस्तुत गर्नेछन्। त्यसपछि बजेट पारितका लागि प्रस्तुत हुने कार्यसूची रहेको छ। 


सम्बन्धित सामग्री