Monday, April 29, 2024

-->

एक दिवसीय विश्वकपको तालिका सार्वजनिक, भारत र पाकिस्तानको खेल अहमदाबादमा

अक्टोबर ५ देखि शुरू हुने विश्वकपको उद्घाटन खेलमा साबिक विजेता इंग्ल्यान्ड र न्यूजिल्यान्ड भिड्नेछन्।

एक दिवसीय विश्वकपको तालिका सार्वजनिक भारत र पाकिस्तानको खेल अहमदाबादमा

काठमाडौँ– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले एक दिवसीय विश्वकप २०२३ को खेल तालिका सार्वजनिक गरेको छ।

भारतमा ४६ दिनसम्म चल्ने यो क्रिकेट कार्निभल अक्टोबर ५ मा शुरू हुने छ। उद्घाटन खेल साबिक विजेता इंग्ल्यान्ड र न्यूजिल्यान्डबीच हुने छ। उक्त खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने आईसीसीले जनाएको छ।

यस्तै, चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको भिडन्त भने अक्टोबर १५ हुने छ। उक्त खेल पनि अहमदाबादमा नै हुने छ। 

विश्वकप खेल्ने ८ टोलीको टुंगो लागिसकेको छ। सुपर लिगबाट अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, न्यूजिल्यान्ड, पाकिस्तान र दक्षिण अफ्रिका यसअघि नै छनोट भइसकेका हुन्।

भारत भने आयोजकको नाताले स्वत: छनोट भएको हो। यस्तै, दुई टोली भने जिम्बावेमा जारी छनोटबाट आउने छन्।


सम्बन्धित सामग्री