Friday, May 03, 2024

-->

गोरखामा जन्ती बोकेको जिप दुर्घटना: ५ जनाको मृत्यु, १२ घाइते

कोटगाउँबाट बेहुली लिएर पोखरीडाँडा फर्कँदै गरेको जिप सिलिङखोलामा दुर्घटना भएको छ।

गोरखामा जन्ती बोकेको जिप दुर्घटना ५ जनाको मृत्यु १२ घाइते

काठमाडौँ– गोरखाको शहीद लखन गाउँपालिका–३ मनकामनामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

शुक्रबार राति भएको दुर्घटनामा १२ जना घाइते भएको सो वडाका अध्यक्ष दीपक पाण्डेले जानकारी दिए। त्यसमध्ये तन जनाको अवस्था गम्भीर छ।

उनीहरूलाई उपचारका लागि भरतपुर पठाइएको वडाध्यक्ष पाण्डेले बताए। उनका अनुसार कोटगाउँबाट बेहुली लिएर पोखरीडाँडा फर्कँदै गरेको जिप सिलिङखोलामा दुर्घटना भएको हो।

जिप सडकबाट २०० मिटर तल खसेको छ। मृतक र घाइतेको पहिचान खुलिसकेको छैन।


सम्बन्धित सामग्री