Sunday, May 12, 2024

-->

घट्यो सुनचाँदीको मूल्य

छापावाल सुन प्रतितोला एक लाख १० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ– नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ।

सुनको मूल्य प्रतितोला ५०० र चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख १० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन एक लाख नाै हजार ९५० रुपैयाँ रहेको छ। 

बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ४५० रुपैयाँ थियो।

यस्तै चाँदी प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार एक हजार ३८५ रुपैयाँ थियो।


सम्बन्धित सामग्री