Thursday, May 16, 2024

-->

कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– देशको पूर्वी तथा मध्यभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ।

बाँकी स्थानमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली  रही पहाडी भूभागमा हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।

त्यस्तै बागमती,  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश र गण्डकी प्रदेशका केही स्थानमा राति पनि भारी वर्षाको सम्भावना छ।

भारी वर्षा हुने स्थानमा चट्याङ, बाढी, पहिरो तथा नदीको स्तर बढेर हुन सक्ने जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।


सम्बन्धित सामग्री