Sunday, April 28, 2024

-->

कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

राति, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी स्थानको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

कोशी बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– नेपालको पूर्वी तथा मध्यभागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकीका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। 

राति बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी स्थानको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

यस्तै, कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ। 


सम्बन्धित सामग्री