Sunday, April 28, 2024

-->

प्रतितोला ९०० रुपैयाँले घट्यो सुनको मूल्य

छापावाल सुन प्रतितोला एक लाख ११ हजार ८०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

प्रतितोला ९०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बुधबार सुन तोलामा ९०० र चाँदी २५ रुपैयाँले घटेको हो। छापावाल सुन प्रतितोला एक लाख ११ हजार ८०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

मंगलबार एक लाख १२ हजार ७०० रुपैयाँ थियो। तेजाबी सुन एक लाख ११ हजार २५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।

यस्तै, चाँदी प्रतितोला एक हजार ४२५ रुपैयाँ रहेको महासंघले जनाएको छ। 


सम्बन्धित सामग्री