Monday, April 29, 2024

-->

छाती दुख्ने समस्या देखिएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

छाती दुख्ने समस्या देखिएपछि राष्ट्रपति पौडेललाई मंगलबार काठमाडौँको बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको छ।

छाती दुख्ने समस्या देखिएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौँ– स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई अस्पताल भर्ना गरिएको छ।

छाती दुख्ने समस्या देखिएपछि राष्ट्रपति पौडेललाई मंगलबार काठमाडौँको बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा भर्ना गरिएको हो। अस्पतालमा उनको एनजिओग्राफी गरिएको थियो।

राष्ट्रपतिको सचिवालयका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य छ। गंगालालका निर्देशक डा. चन्द्रमणि अधिकारीसहितको टोलीले उनको स्वास्थ्य परीक्षण गरेको थियो। उनलाई अस्पतालको भीआइपी कक्षमा राखिएको छ। उनको शनिबार पनि गंगालालमा स्वास्थ्य परीक्षण भएको थियो।

यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार गरिएको थियो।


सम्बन्धित सामग्री