Monday, May 13, 2024

-->

सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने प्रक्षेपण

प्रक्षेपण प्रतिवेदन सार्वजनिक गर्दै ओईसीडीका महासचिव म्याथियास कोरम्यानले आर्थिक पुनः उत्थान पहिलेको तुलनामा केही बढी आशावादी रहेको बताएका छन्।

सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर २७ प्रतिशत रहने प्रक्षेपण
तस्वीर: एएफपी

आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी)ले सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने प्रक्षेपण गरेको छ।

“ऊर्जाको कम मूल्यले घरायसी बजेटमा तनाव कम गरिरहेको छ। व्यापार र उपभोक्ताको भावना कम स्तरबाट भए पनि सुधार भइरहेको छ। र, कोभिड महामारीपछि पुनः सामान्य अवस्थामा फर्किएको चीनका कारण विश्वव्यापी गतिविधिलाई बढवा दिएको छ,” ओईसीडीले भनेको छ।  

युरो क्षेत्रमा घट्दो मुद्रास्फीतिले वास्तविक आय बढाउन मद्दत गर्ने र जीडीपी वृद्धिमा सन् २०२३ मा ०.९ प्रतिशतबाट २०२४ मा १.५ प्रतिशत योगदान पुर्‍याउने ओईसीडीले जनाएको छ। यो वर्ष अमेरिकाको कुल गार्हस्थ्य उत्पादन वृद्धिदर १.६ प्रतिशत रहने अनुमान गरिएको छ।

सन् २०२४  मा यो १ प्रतिशतमा खुम्चिने अनुमान छ। प्रतिवेदनमा भनिएको छ, “मुद्रास्फीति अझै नाजुक छ र जोखिमहरू नकारात्मकतर्फ झुकेका छन्। एक प्रमुख चिन्ता भनेको मुद्रास्फीति अपेक्षा गरिएको भन्दा बढी रहन सक्छ।”

विश्वका विभिन्न १९ मुलुक र युरोपेली संघसहितको समूह जी–२० अर्थतन्त्रमा वार्षिक उपभोक्ता मूल्य (मुद्रास्फीति) सन् २०२३ मा ६.१ प्रतिशत र सन् २०२४ मा ४.७ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ।

आर्थिक वृद्धिका लक्ष्यहरू कायम राख्न, ओईसीडीले ती मुलुकलाई उनीहरूको वित्तीय नीतिहरू समायोजन गर्न र दिगो विकासलाई बढवा दिन सिफारिस गरेको छ।

प्रतिवेदनमा ओईसीडीका महासचिव म्याथियास कोरम्यानले आर्थिक पुनःउत्थान पहिलेको तुलनामा केही बढी आशावादी रहेको बताएका छन्।

तर, अर्थतन्त्रको हरित र डिजिटल रूपान्तरणलाई सुरक्षित गर्दै उत्पादकत्व बढाउन संरचनागत सुधारलाई प्राथमिकता दिन जरुरी रहेको उनको भनाइ छ।


सम्बन्धित सामग्री