Thursday, May 09, 2024

-->

माओवादी केन्द्रले फिर्ता लियो कोशी प्रदेश सरकारलाई दिएको समर्थन

माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए।

माओवादी केन्द्रले फिर्ता लियो कोशी प्रदेश सरकारलाई दिएको समर्थन

विराटनगर– नेकपा माओवादी केन्द्रले कोशीमा प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए। केन्द्रीय गठबन्धनमा आएको फेरबदलको कारण आफूहरूले समर्थन फिर्ता लिएको उनले बताए। 

मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्तासँगै माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई मन्त्री फिर्ता बोलाउने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्य र भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईं राजीनामा दिएका हुन्।

आङ्बोले वर्तमान सरकार र राजनीतिक दलकै सहमतमा प्रदेश नामकरण भए पनि पहिचान पक्षधरले उठाएको मागप्रति प्रदेश सरकारले कुनै चासो नराखेकाले समर्थन फिर्ता लिइएको बताए। 

नेता आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिचानवादीसँग वार्ता गर्न आह्वान गरे पनि वार्ता टोली गठन नगरेको र पहिचानवादीलाई बेवास्ता गरेको आरोप लगाए। “सरकारले पहिचानवादीको आन्दोलन र मागलाई बेवास्ता गरेको छ, सम्मान गरेको छैन”, उनले भने।


सम्बन्धित सामग्री