Thursday, May 09, 2024

-->

सवारीसाधनको क्षमताका आधारमा करका दर कायम गर्नु नीतिगत भ्रष्टाचार : स्वर्णिम वाग्ले

रास्वपा सांसद डा. स्वर्णिम वाग्लेले अर्थमन्त्रीले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएको सत्य भए राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध गर्ने बताएका छन्।

 सवारीसाधनको क्षमताका आधारमा करका दर कायम गर्नु नीतिगत भ्रष्टाचार  स्वर्णिम वाग्ले

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले अर्थमन्त्रीले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएको सत्य भए राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध गर्ने बताएका छन्।

सोमबार काठमाडौँमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको ‘पोस्ट बजेट– अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै डा. वाग्लले चालु आर्थिक वर्षको जस्तै बजेटमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषय सत्य नहोस् भन्ने अपेक्षा रहेको बताए।

करका दरमा नीति भ्रष्टाचार हुन नहुने भनाइ छ। उनले करका दरमा गत वर्षको जस्तो भएको सत्य भए यो विषय संसद्मा गम्भीर रूपमा उठाउने बताए। उनले अर्थमन्त्रीले धेरै नबोले पनि करका विषयमा विवाद आइरहेको उनको भनाइ छ। उनले करका दर हेरफेरमार्फत गत वर्षको नीति परिवर्तन नगरेका गुनासो पनि आउन थालेको टिप्पणी गरे।

उनले सरकारको विद्युतीय सवारीसाधनमा लिने अस्थिर करका दरले समस्या भएको बताए। उनले सरकारले विद्युतीय सवारी साधनमा स्थिर करका दर कायम गर्न आवश्यक रहेको बताए। उनले विद्युतीय सवारीसाधन व्यवसायीलाई कति कर्मचारी र चाजिङ स्टेसन राख्ने भन्ने अन्योल सिर्जना गरेको बताए। उनले गत वर्षदेखि विद्युतीय सवारीसाधनमा पनि स्वाथ्यमा आधारित भएर नीतिगत भ्ष्टाचार हुन लागेको बताए।

सरकारले सवारीसाधनको क्षमताका आधारमा करका दर कायम गर्नु नीतिगत भ्रष्टाचार भएको उनको भनाइ छ। सरकारले विद्युतीय सवारीसाधनमा लगाएको करका दरको वैज्ञानिक आधार नभएको उल्लेख गर्दै उनले सरकारले कुनै एउटा पक्षलाई फाइदा पुग्नेगरी करका दर कायम गर्नु दुर्भाग्य भएको बताए।

उनले सरकारले ल्याउने बजेटमा आयको अनुमान, व्ययको अनुमान केही पनि नमिल्ने गरेको बताए। उनले सरकारले बजेटमा हावादारी रूपमा अंक राख्ने गरेको आरोप लगाए। उनले बजेटमा भनिएका कुराहरू अंकमा नमिल्ने भएकाले जनताले पत्याउने अवस्था नरहेको बताए। उनले सरकारले वैदेशिक अनुदान र ऋण अपेक्षाअनुसार नउठ्ने बताए।

उनले हरेक वर्ष बजेट घटाउनुपर्ने अवस्था बनेका कारण बजेटमाथि विश्वसनीयता कम हुँदै गएको बताए। उनले अहिले सरकारले तिर्ने ब्याज बढ्दै जाँदा त्यसलाई राजस्वले धान्न नसक्ने बताए। उनले वैदेशिक ऋणले नपुग्ने भएकाले ऋणको साँवा ब्याज तिर्न आन्तरिक ऋण उठाउनुपर्ने अवस्था आएको बताए।


सम्बन्धित सामग्री