Wednesday, May 01, 2024

-->

मलेसियाविरुद्धकाे सिरिज नेपाललाई

११० रनको विजयी लक्ष्य नेपालले १९.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालका सीता रानामगरले सर्वाधिक ३४ रनको योगदान दिइन्।

मलेसियाविरुद्धकाे सिरिज नेपाललाई

काठमाडौँ– घरेलु टोली मलेसियाविरुद्धकाे महिला टी२० आई सिरिज नेपालले जितेको छ। ५ खेलको सिरिज नेपालले ३–२ ले जितेको हो।

आइतबार भएको अन्तिम खेलमा नेपालले मलेसियालाई ३ विकेटले पराजित गरेको छ। ११० रनको विजयी लक्ष्य नेपालले १९.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो।

नेपालका सीता रानामगरले सर्वाधिक ३४ रनको योगदान दिइन्। उनले ३७ बलमा ६ चौका प्रहार गरेकी थिइन्। कप्तान रुविना क्षेत्रीले २३ रन बनाइन्।

अप्सरी बेगम १५ र ज्योति पाण्डे १४ रनमा नटआउट रहिन्। मलेसियाका लागि हमिजा हसिमले २ विकेट लिइन्।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०९ रन बनाएको थियो।

मलेसियाका वान जुलियाले ४७ रन बनाइन्। यस्तै, विनिफ्रेड दुराईसिंघमले २४ तथा महिराह इज्जाती इस्माइलले २० रन बनाए। 

नेपालका कविता जोशीले २ तथा ईश्वरी विष्टले १ विकेट लिए।


सम्बन्धित सामग्री