Saturday, April 27, 2024

-->

४ विदेशीसहित १४ जनाले गरे कञ्चनजंघा आरोहण

सगरमाथा आरोहण गरेर गएको टोलीले बिहीबार बिहान ५: ४५ बजे कञ्चनजंघा हिमालको सफल आरोहण गरेको छ।

४ विदेशीसहित १४ जनाले गरे कञ्चनजंघा आरोहण  

काठमाडौँ– चार विदेशीसहित १४ जनाले कञ्चनजंघा हिमालको सफल आरोहण गरेका छन्।

डिलाइट एक्सपीडिसनबाट गएको टोलीले बिहीबार बिहान ५: ४५ बजे सफल आरोहण गरेको कम्पनीका प्रबन्धक मिङ्‌मा डेभिड शेर्पाले बताए।

उनिहरू सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कञ्चनजंघा गएका हुन्। यसै साता एक विदेशी र दुई नेपाली गरी तीन जनाले आरोहण गरेका थिए।

मौसममा आएको खराबीका कारण ४० जना आरोहण गर्न नसकी फर्किएका थिए। 


सम्बन्धित सामग्री