Saturday, May 04, 2024

-->

नेपाली भूमि फिर्ता लिनेबारे भारतसँग छलफल हुन्छः प्रधानमन्त्री

शनिबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले नेपालको सीमा सुरक्षाबारे भारत भ्रमणका क्रममा गम्भीरतापूर्वक छलफल गर्ने प्रतिबद्धता जनाए।

नेपाली भूमि फिर्ता लिनेबारे भारतसँग छलफल हुन्छः प्रधानमन्त्री 

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणका बेला लिपुलेक, कालापानीलगायत नेपाली भूमि फिर्ता लिनेबारे उपयुक्त तरिकाले छलफल गर्ने बताएका छन्।

शनिबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले नेपालको सीमा सुरक्षाबारे भारत भ्रमणका क्रममा गम्भीरतापूर्वक छलफल गर्ने प्रतिबद्धता जनाए। पञ्चेश्वर परियोजना अघि बढाउनेबारे नयाँ समझदारी हुने विश्वाससमेत प्रधानमन्त्री दाहालको विश्वास व्यक्त गरे।

आफ्नो भारत भ्रमणमा सार्क बैठकलाई सुचारु गर्ने विषयमा पनि छलफल गर्ने बताए। “सार्क बैठकबारे छलफल चलिराखेको छ। यो विषयमा मेरो गम्भीर रूपले ध्यान छ। यी विषय उपयुक्त तरिकाले छलफलमा जान्छन्। पञ्चेश्वर परियोजना अघि बढाउनेबारे नयाँ समझदारी हुन्छ भन्ने मेरो विश्वास छ। निकै सकारात्मक ढंगले छलफल चलिराखेको छ,” प्रधानमन्त्री दाहालले भने।

दुई वर्षभित्र भूमि सम्बन्धी समस्या समाधान गर्ने उनको दाबी छ। 


सम्बन्धित सामग्री