Saturday, April 27, 2024

-->

मलेसिया भ्रमणमा जाने महिला क्रिकेट टोलीको घोषणा

नेपालले घरेलु टोली मलेसियासँग मे २९ बाट पाँच खेलको टी-२०आई श्रृंखला खेल्ने छ। नेपाली टोलीको कप्तानी रुबिना क्षेत्रीले गर्नेछिन्।

मलेसिया भ्रमणमा जाने महिला क्रिकेट टोलीको घोषणा

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले मलेसिया भ्रमणमा जाने नेपाली महिला क्रिकेट टोलीको घोषणा गरेको छ।

नेपालले घरेलु टोली मलेसियासँग मे २९ बाट पाँच खेलको टी-२०आई श्रृंखला खेल्ने छ। जसका लागि क्यानले १४ सदस्यीय टोलीको घोषणा गरेको छ। टोलीको कप्तानी रुबिना क्षेत्रीले गर्नेछिन्।

टोलीमा रुबिनासहित सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, अस्मिना बज्रचार्य, विन्दु रावल, अप्सरा बेगम, काजोल श्रेष्ठ, ईश्वरी विष्ट, कविता जैशी, ज्योति पाण्डे, सरस्वती चौधरी र सम्झना खड्का छन्। बन्द प्रशिक्षणबाट संगीता राई, ममता चौधरी, सोनी पाख्रिन र सृष्टि जैशी बाहिरिएका छन्। टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सामसनजंग थापाले सम्हाल्ने भएका छन्। 

नेपालले गत वर्ष कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युगान्डासँग पाँच खेलको सिरिज खेलेको थियो। उक्त सिरिज नेपालले ३–२ ले गुमाएको थियो।

नेपालले मलेसियासँग २९ मेमा पहिलो खेल खेल्ने छ। ३० मेमा दोस्रो र १ जुनमा तेस्रो खेल खेल्ने छ। त्यस्तै, ३ जुनमा चौँथो र ४ जुनमा पाँचौँ खेल खेल्ने छ।


सम्बन्धित सामग्री