Friday, April 26, 2024

-->

कोशी र मधेश प्रदेशका केही भूभागमा हावाहुरीको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले कोशीका तराई क्षेत्र र मधेश प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको जनाएको छ।

कोशी र मधेश प्रदेशका केही भूभागमा हावाहुरीको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले कोशी र मधेश प्रदेशका केही स्थानमा हावाहुरी र देशका अन्य केही क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाले मंगलबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहने बाँकी क्षेत्रमा सामान्यतया मौसम सफा रहने छ। 

कोशी, बागमती, गण्डकी प्रदेशका केही, मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका तराई क्षेत्र र मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

त्यस्तै, राति पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


सम्बन्धित सामग्री