Friday, April 26, 2024

-->

पहाडी भूभागमा वर्षा र पूर्वी तराईमा हावाहुरीको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश पहाडी भूभागमा वर्षा र कोशीको तराई भूभाग र मधेश प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको जनाएको छ।

पहाडी भूभागमा वर्षा र पूर्वी तराईमा हावाहुरीको सम्भावना

काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सोमबार देशका केही भागमा वर्षा र हावाहुरीको सम्भावना रहेको जनाएको छ। काठमाडौँमा अपराह्नपछि वर्षाको सम्भावना छ।

महाशाखाले  बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी भूभागमा पनि वर्षाको सम्भावना छ। कोशीको तराई भूभाग र मधेश प्रदेशका केही स्थानमा भने हावाहुरीको सम्भावना छ।

सोमबार राति कोशी र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ। विभागले हावाहुरी र चट्याङसहितको वर्षा हुने हुनाले शतर्क रहन पनि आग्रह गरेको छ।


सम्बन्धित सामग्री