Thursday, May 02, 2024

-->

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा सुधार, आइतबार स्वदेश फर्किँदै

राष्ट्रपति पौडेल आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानमार्फत नेपाल फर्किन लागेका छन्।

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा सुधार आइतबार स्वदेश फर्किँदै

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा उल्लेख्य सुधारपछि आइतबार राति भारतबाट स्वदेश फर्किँदै छन्।

राष्ट्रपति कार्यालयका अनुसार स्वास्थ्य उपचारका लागि झन्डै दुई साताअघि भारत पुगेका राष्ट्रपति पौडेल आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानमार्फत नेपाल फर्किन लागेका हुन्।

उनी स्वास्थ्य उपचारका लागि यही वैशाख ६ गतेदेखि भारतको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचाररत थिए।

स्वास्थ्यमा उल्लेख्य सुधारपछि घर फर्किए पनि केही हप्ता पर्याप्त आराम गर्न राष्ट्रपति पौडेललाई उपचारमा संलग्न चिकित्सकको सुझाव छ।


सम्बन्धित सामग्री