Friday, May 03, 2024

-->

ओडीआईमा कुशलको पाँचौँ अर्धशतक

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कुशलले ३१ बलमा अर्धशतक पूरा गरेका हुन्। उनले ३१ बलमा ६ चौका र ४ छक्का प्रहार गरे।

ओडीआईमा कुशलको पाँचौँ अर्धशतक

काठमाडौँ– एसीसी प्रिमियर लिगअन्तर्गत ओमानविरुद्धको खेलमा कुशल मल्लले अर्धशतक प्रहार गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा ३१ बलमा अर्धशतक पूरा गरेका हुन्। उनले ३१ बलमा ६ चौका र ४ छक्का प्रहार गरे।

उनको यो ओडीआईमा पाचौँ अर्धशतक हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल र ओमान दुवै राष्ट्र एकदिवसीय मान्यता प्राप्त देश भएकाका कारण यो खेललाई ओडीआई मान्यता दिएको छ।

उनले सन् २०२० फ्रेबुअरी ८ मा कीर्तिपुरमै भएको अमेरिकाविरुद्धको खेलमार्फत् राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए।

डेब्यू खेलमा उनले ५१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५० रनको अर्धशतकीय इनिङ्स खेलेका थिए।

त्यसयता उनले नेपाली टोलीबाट २१ ओडीआई खेल खेलिसकेका छन्।


सम्बन्धित सामग्री