Tuesday, April 30, 2024

-->

म्यानचेस्टर सिटीको लगातार तेस्रो जित

आइतबार भएको खेलमा सिटीले सेफिल्ड युनाइटेडलाई २–१ को गोलअन्तरले हराउँदै तेस्रो जित हात पारेको हो।

म्यानचेस्टर सिटीको लगातार तेस्रो जित

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको साबिक विजेता म्यानचेस्टर सिटीले लगातार तीन खेल जितेको छ। 

आइतबार राति भएको खेलमा सिटीले सेफिल्ड युनाइटेडलाई २–१ को गोलअन्तरले हराउँदै तेस्रो जित हात पारेको हो। सेफिल्डको घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीका अर्लिङ हल्यान्डले खेलको ६३औँ मिनेटमा गोल गरेका थिए। ८५औँ मिनेटमा सेफिल्डको तर्फबाट जेदेन बोग्लेले १ गोल गरेर बराबरी बनाए। तर त्यसको तीन मिनेटमै सिटीका रोड्रीले गोल गरे र २–१ को अग्रता बनाए।

यससँगै सिटीले लिगमा लगातार तेस्रो जित दर्ता गर्दै शीर्षस्थानमा उक्लिएको छ ।


सम्बन्धित सामग्री