Tuesday, April 30, 2024

-->

इंग्लिस फुटबल लिगमा अनुबन्ध हुने पहिलो नेपाली मूलका खेलाडी बने किबन राई

नेपाली मूलका किबन राई इंग्ल्यान्डको चौँथो डिभिजन लिग–२ को क्लब न्युपोर्ट काउन्टीमा अनुबन्ध भएका छन्। उनी वेल्सको ब्रेकनमा जन्मिएका हुन्।

इंग्लिस फुटबल लिगमा अनुबन्ध हुने पहिलो नेपाली मूलका खेलाडी बने किबन राई

नेपाली मूलका किबन राई इंग्ल्यान्डको न्युपोर्ट काउन्टी फुटबल क्लबमा अनुबन्ध भएका छन्। इंग्लिस फुटबल क्लबमा व्यावसायिक अनुबन्ध हुने उनी पहिलो नेपाली मूलका पुरुष खेलाडी भएका छन्।

किबन अनुबन्धित न्युपोर्ट काउन्टी त्यहाँको लिग–२ क्लब हो। यो चौँथो डिभिजन क्लब हो। यसले एफ ए कप पनि खेल्छ।

१८ वर्षीय राई मिडफिल्डर हुन् र स्ट्राइकरको भूमिकामा पनि खेल्न सक्छन्। उनी न्युपोर्ट काउन्टी एफसी एकेडेमीका उत्पादन हुन्। उनले न्युपोर्टबाट उमेर समूह यू–१५ स्तरमा प्रतिस्पर्धा गरिसकेका छन्। 

उनले गत सिजन लिग–२ मा सब्स्टिच्युट खेलाडीको रूपमा न्युपोर्ट काउन्टीबाटै डेब्यु गरेका थिए। साल्फोर्ड सिटीविरुद्धको खेलमा मैदान प्रवेश गरेर २०२३ मार्च ५ मा उनले डेब्यु गरेका थिए। तर, उक्त खेल न्युपोर्ट काउन्टीले ३–१ ले गुमाएको थियो। २४ क्लब सम्मिलित लिग–२ मा यो क्लब १५औँ स्थानमा थियो।

गत सिजन चार खेल खेलेपछि उनले देखाएको प्रदर्शनका आधारमा क्बलले नयाँ सिजनका लागि व्यावसायिक अनुबन्ध गरेको हो। 

किबन नेपाली आमाबाबुबाट वेल्सको ब्रेकनमा जन्मिएका हुन्। क्लबले आफ्नो वेभसाइटमा व्यावसायिक अनुबन्धपछि किबनले आफूजस्तै पृष्ठभूमिबाट आएकाहरूका लागि प्रेरणादायी फुटबलर बन्न चाहेको र इंग्लिस फुटबल लिगमा अनुबन्ध हुने पहिलो नेपाली भएकोमा गर्व महसुस भएको बताएको उल्लेख गरेको छ।

महिलातर्फ भने अस्मिता आलेले व्यावसायिक लिग खेलिरहेकी छन्। नेपाली मूलकी उनी इंग्लिस प्रिमियर लिग क्लब टोटेनहमबाट व्यावसायिक फुटबल खेल्छिन्।


सम्बन्धित सामग्री