Friday, April 26, 2024

-->

अन्नपूर्ण हिमालमा एक आरोहीको मृत्यु

अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक आरोहीको मृत्यु भएको छ भने एक जना हराइरहेका छन्।

अन्नपूर्ण हिमालमा एक आरोहीको मृत्यु

काठमाडौँ– अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक आरोहीको मृत्यु भएको छ। 

पर्यटन विभागका अनुसार मृत्यु हुनेमा आयरल्यान्डका नोएल हन्ना रहेका छन्। उनको शव अन्नपूर्ण क्याम्प–४ मा फेला परेको हो। उनको गएराति मृत्यु भएको हो।

विभागका महानिर्देशक होमनाथ लुइँटेलका अनुसार एक जना भारतीय आरोही अनुराग मालु हराइरहेका छन्। उनी आरोहणका क्रममा खोँचमा खसेर हराएका हुन्। त्यसैगरी, हिम पहिरोमा परेर घाइते भएका एक पाकिस्तानी र दुई भारतीय आरोहीको उद्धार गरिएको छ।

उनीहरूको अवस्था खतरामुक्त रहेको र ह्याम्स अस्पतालमा उपचारका लागि भर्ना गरिएको लुइँटेलले बताए।


सम्बन्धित सामग्री