Friday, April 26, 2024

-->

काठमाडौँका मेयर बालेन शाहविरुद्ध सुकुमबासीको प्रदर्शन [तस्वीरहरू]

पक्राउ परेका भूमि अभियन्तालाई निःशर्त रिहा गर्न माग गर्दै काठमाडौँ महानगरका मेयर बालेन शाहविरुद्ध सोमबार विरोध प्रदर्शन गरिएको छ।

काठमाडौँका मेयर बालेन शाहविरुद्ध सुकुमबासीको प्रदर्शन [तस्वीरहरू]

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध प्रदर्शन गरिएको छ।

संविधान र कानूनविपरीत सुकुमबासीलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर शाहविरुद्ध सोमबार काठमाडौँको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलसम्म र्‍यालीसहितको विरोध प्रदर्शन गरिएको हो।

आफूहरूलाई उठिबास लगाउने काममा मेयर शाह लागेपछि त्यसको विरोधमा शुरू गरिएको प्रदर्शनलाई निरन्तरता दिनुपरेको संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चा, नेपालका अध्यक्ष कुमार कार्कीले बताए।

उनले संविधान, कानून विपरीत भूमिहीनलाई जग्गाधनी पुर्जा दिनुको साटो उठिबास लगाउने प्रयास काठमाडौँ महानगरपालिका र मेयर शाहले गरिरहे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिए।

विरोध प्रदर्शनमा पक्राउ परेका भूमि अभियन्तालाई निःशर्त रिहा गर्न, उनीहरूमाथि लगाइएका सबै झुटा मुद्दा खारेज गर्नुपर्ने मागसहितको नाराबाजी गरिएको थियो।


सम्बन्धित सामग्री