Saturday, April 27, 2024

-->

प्रदेश १ को नाम ‘कोशी’ राख्न प्रस्ताव दर्ता

एमाले सांसद रामबहादुर मगर प्रस्तावक तथा एमालेकै निरन राई, विदुरकुमार लिङ्‍थेप र कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेका छन्।

प्रदेश १ को नाम ‘कोशी’ राख्न प्रस्ताव दर्ता

काठमाडौँ– प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्ताव बुधबार प्रदेशसभा सचिवालयमा दर्ता भएको छ।

प्रस्तावमा एमाले सांसद रामबहादुर मगर प्रस्तावक तथा एमालेकै निरन राई, विदुरकुमार लिङ्‍थेप र कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेका छन्।

यसअघि सभामुख बाबुराम गौतमले दिउँसो १ बजेसम्म प्रदेश नामकरणका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ताको आह्वान गरेका थिए। उक्त प्रस्ताव आजै बस्ने प्रदेशसभा बैठकमा पेश गर्ने संसद् सचिवालयले जनाएको छ।

बैठकले प्रस्ताव पारित गर्ने र प्रदेशले नाम पाउने कांग्रेसका प्रमुख सचेतक भुपेन्द्र राईले बताए। 


 


सम्बन्धित सामग्री