Wednesday, May 08, 2024

-->

राष्ट्रपतिको मामिलामा रोकियो माओवादी, निर्णय गर्ने जिम्मा दाहाललाई

माओवादी केन्द्रको पदाधिकारी बैठकले राष्ट्रपतिबारे निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष दाहाललाई दिने निर्णय गरेको छ।

राष्ट्रपतिको मामिलामा रोकियो माओवादी निर्णय गर्ने जिम्मा दाहाललाई

काठमाडौं– सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले राष्ट्रपतिबारे निर्णय गर्ने अन्तिम अधिकार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ। पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बसेको पदाधिकारी बैठकले राष्ट्रपतिबारे निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष दाहाललाई दिने निर्णय गरेको हो।

“राष्ट्रिय सहमति खोजी गर्ने भन्ने नै हाम्रो मूल विषय हो। गणतन्त्रको रक्षा, शान्ति प्रक्रिया टुंगोमा लगाउने लगायत नै स्वार्थ हुन”,  बैठकपछि पार्टी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले भने, “१३ गते मनोनयन दर्ता गर्नुअघिसम्म राष्ट्रपतिका विषयमा टुंगो लागी हाल्छ।”

उनले पार्टीको बैठकले राष्ट्रपतिको विषयमा निर्णय लिने सबै अधिकार अध्यक्ष दाहाललाई दिएको भन्दै सोहीअनुसार अन्य दलहरूसँग छलफल हुने बताए।  माओवादी केन्द्रले सोमबारको बैठकबाट राष्ट्रपतिका विषयमा आधिकारिक निर्णय लिने बताइएको थियो। तर, अन्तिममा निर्णय नै नगरेर सबै अधिकार प्रधानमन्त्रीलाई दिएको हो।


सम्बन्धित सामग्री