Saturday, April 27, 2024

-->

महिला फुटबल टोलीको सहायक प्रशिक्षकमा चौधरी नियुक्त

महासचिव किरण राईले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पारस चौधरीलाई नियुक्ति पत्र हस्तान्तरण गरेका छन्।

महिला फुटबल टोलीको सहायक प्रशिक्षकमा चौधरी नियुक्त

काठमाडौँ– नेपाली राष्ट्रिय महिला फुटबल टोलीको सहायक प्रशिक्षकमा पारस चौधरी नियुक्त भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार उनलाई भारतविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि सहायक प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो। महासचिव किरण राईले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उनलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन्।

एन्फाले यसअघि पनि सहायक प्रशिक्षकमा गंगा गुरुङलाई नियुक्त गरेको थियो। मुख्य प्रशिक्षकमा भने अनन्तराज थापालाई नियुक्त गरिएको छ। गोलकिपिङ प्रशिक्षकमा सुरजकुमार लामा नियुक्त भएका छन्।

मैत्रीपूर्ण खेलको टिम म्यानेजरमा वृन्दा देवानलाई नियुक्त गरिएको एन्फाले जनाएको छ। राष्ट्रिय महिला टोलीले घरेलु टोली भारतसँग मैत्रीपूर्ण खेल खेल्नेछ। तर, मिति भने तय भइसकेको छैन।


सम्बन्धित सामग्री